
चितवन । प्राज्ञिक विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशनको प्रचार प्रसार तीव्र रूपमा अगाडि बढिरहेको छ ।
प्राज्ञिकले हरेक दुई/दुई वर्षमा गर्ने आफ्नो राष्ट्रिय अधिवेशन यस वर्ष दशौँ राष्ट्रिय अधिवेशन चितवनको भरतपुरमा सम्पन्न गर्न गईरहेको छ ।
परिषद्ले सम्पन्न गर्न गइरहेको आफ्नो दशौँ राष्ट्रिय अधिवेशनको प्रचार प्रसार, अर्थ संकलन र अधिवेशन स्थल व्यवस्थापन लगायतका कार्यहरूलाई प्रतिनिधि स्वागतको लागि तीव्र रूपमा अगाडि बढाइएको विद्यार्थी परिषद्ले जनाएको छ ।
यहीँ चैत्र २, ३ र ४ गते “राष्ट्रिय सुरक्षा, स्ववलम्बन, सुशासनका लागि दशौँ राष्ट्रिय अधिवेशन” भन्ने मुल नाराका साथ चितवनको भरतपुरमा सम्पन्न हुन गइरहेको राष्ट्रिय अधिवेशनमा देशभरको १२० भन्दा बढि नगर एकाइ र ६०० भन्दा बढी क्याम्पसबाट १००० भन्दा बढि अधिवेशन प्रतिनिधिको उपस्थिति सम्पन्न हुने लक्ष्य लिएको विद्यार्थी परिषद्को भनाइ छ ।
परिषद् अधिवेशनको तयारी र अधिवेशनमा हुने सम्पूर्ण गतिविधिको बारेमा फागुन २८ गते बृहत् पत्रकार सम्मेलन पनि गर्न गइरहेको परिषद्ले जनाएको छ ।