काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले मिति २०८१ वैशाख २ गते विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको जानकारी दिई सर्वोच्च जाने तयारी गरेका छन् ।
नेपालमा पहिलो पटक शेयर खरीद विक्री गरेको आरोपमा ७५०००र– पचहत्तर हजार रुपैया नगद जरिवाना गर्ने र १० वर्षसम्म पव्लिक लिमिटेड कम्पनीको सञ्चालक हुन रोक लगाएको र सोही कारोवारलाई भित्री कारोवार भनी अपुष्ट तथ्यको आधारमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरी सो मुद्दा विचाराधिन रहेको र सो मुद्दा फैसला हुँदा सो मुद्दावाट भित्री कारोवार हो होईन भन्ने निर्णय हुन वाँकी रहेको अवस्थामा विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रस्तुत मुद्धा दायर भई नेपालको पहिलो कारवाहीसँग सम्बन्धित छ ।
गुरुप्रसाद न्यौपानेले आफु अध्यक्ष रहँदा २९९५३ कित्ता रिडी पावर कम्पनीको शेयर खरीद त्रुटिपूर्ण रुपमा खरीद गरि ३९०२३ कित्ता शेयर विक्री गरेका थिए । धितोपत्र वोर्ड आफुले गर्नुपर्ने प्रत्यक्ष निगरानी, निरिक्षण सुपरिवेक्षण गर्ने दायित्व पुरा नगरी गुरुप्रसाद न्यौपाने माथि कारवाही गरेको छ भने शेयर खरिद विक्री गर्ने कामलाई नियमित र नियन्त्रण गर्ने व्रोकर कम्पनीलाई कुनै कारवाही नगरि गुरु प्रसाद न्यौपानेलाई एकहोरो रुपमा गरिएको कारवाही कानून संगत छ वा छैन भन्ने कुरा भविष्यमा सर्वोच्च अदालतले फैसला गरेपश्चात पुष्टि हुने नै छ ।
गुरु प्रसाद न्यौपानेले नेपाल राष्ट्र बैंक लगायत बिभिन्न वित्तीय संस्थाको उच्च तहमा रही अवकाश प्राप्त भए पश्चात् नेपाललाई जलविद्युत उत्पादन गरेर उर्जा क्षेत्रमा समुन्नत नेपालको निर्माण गर्न सकिन्छ भनी २०५४ सालमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी प्राइभेट लिमिटेड स्थापना गरि जलविद्युतको यात्रा शुरु गरेको व्यक्ति हुन् । निजले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातोकत्तर नेपाल राष्ट्र बैंकमा कार्यरत् छदा छात्रवृत्ति प्राप्त गरी पुनः थाइल्याण्डको थामाशट विश्व विद्यालयवाट अर्थशास्त्रमा स्नातोकत्तर शिक्षा हासिल गरेको र थामाशट विश्वविद्यालयवाट नविकरणीय प्राकृतिक स्रोत वारे अर्थशास्त्र अध्ययन गरेको व्यक्ति हुन् ।
गुरुप्रसाद न्यौपानेले बैंकिंग क्षेत्रमा अवकास प्राप्त गरेपश्चात् नयाँ रोजाईबाट जलविद्युत निर्माणगर्ने योजना वनाई सो क्षेत्रमा प्रवेश गर्ने कुरा सो समयमा चानचुने विषय थिएन । १६ करोड अधिकृत पूँजी भएका क वर्गका बैंक तथा वित्तिय संस्थावाट जलविद्युत आयोजनाहरुको निर्माणको लागी पूँजी प्राप्त गर्ने कुरा अत्यन्तै जटिल रहेको थियो । सो समयमा जलविद्युत सम्बन्धी यथेष्ठ ज्ञान बैंकिंग क्षेत्र र सरकारी निकायलाई समेत थिएन भने नेपालमा जति जलविद्युत आयोजना निर्माण भएको थिए तिनिहरु सबै विदेशी लगानी तथा प्राविधिक सहायतामा बनेका थिए । यस्तो विषम पस्थितिमा न्यौपानेको नेतृत्वमा निजी क्षेत्रबाट निर्माण भएको पहिलो आयोजना सङ्खुवासभा जिल्लाको पिलुवा खोलामा ३ मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना बि।सं। २०६० आश्विनमा निर्माण सम्पन्न भई विद्युत उत्पादन गरिरहेको छ र उक्त आयोजनाले वैंक तथा वित्तिय संस्थाको साँवा व्याज भुक्तानी गरेको अवस्थामा निज कर्मठ लगनशिल व्यक्तिको रुपमा चिनिन्छन् ।
देशमा चरम द्वन्द र लगानी जुटाउने समस्याका वावजुद पनि छरिएर रहेको पूँजीबाट ठुला आयोजना पनि निर्माण गर्न सकिन्छ भन्ने प्रमाण निजले पिलुवाखोला आयोजना निर्माण गरेर स्थापित गरि सकेका व्यक्ति हुन् । तत्पश्चात् गुल्मी जिल्लाको रिडी खोलामा ३८५ जना शेयरधनीहरुको सहभागितामा रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी मार्फत २।४ मेगावाट क्षमताको रिडी खोला जलविद्युत आयोजना निर्माण गरि चरम विद्युत संकटको वेलामा विद्युत आपूर्ति गरेको व्यक्ति हुन भने निजले करिब ४००० शेयरधनीहरुको विश्वास लिएर पाँचथर जिल्लामा २५ मेगावाट क्षमताको कावेली वी १ जलविद्युत आयोजनाको नेतत्व गरेका छन् । निजले उद्यमशिल यात्रालाई निन्तरता दिंदै आजका मितिसम्म सौर्य विद्युत आयोजना समेत गरि कुल १४ जलविद्युत आयोजनाहरु तथा सौर्य विद्युत आयोजनाहरुको निर्माण तथा सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । निज प्रति विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको पूर्ण भरोसा रहेको छ । यि सबै आयोजनाहरु निर्माण गर्दा कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुको साँवा व्याजको किस्ता भुक्तानी गर्न वाँकी रहेको छैन भने निजले अघि सारेका आयोजनाहरुलाई बैंक तथा वित्तिय संस्थाहरुले लगानी गर्न कुनै हिचकिचावट नगर्ने हुँदा आयोजना निर्माण गर्ने वातावरण सृजना गर्न सक्ने सफल उर्जा व्यवसायी हुन् । निजको नेतृत्वमा निर्माण भएका बिभिन्न जलविद्युत तथा सौर्य विद्युत आयोजना गरि १२१।२ मेगावाट विद्युत आयोजनाहरु रहेका छन भने उक्त आयोजना निरन्तर विद्युत आपूर्ति भईंरहेका छन् । निजको हालको उमेरले ७३ वर्ष पुगि सकेको बृद्ध अवस्था हुदासम्म निजले विद्युत निर्माणको क्षेत्रवाट विश्राम लिएका छैनन् । अहिले पनि निजको हिम्मतको कदर गर्दै बैंक तथा वित्तिय संस्थाहरुले ऋण लगानी गरि २० मेगावाटको तल्लो बलेफि, ३० मेगावाटको लिखुखोला, ११ मेगावाटको अप्पर टादी गरी ७०।७ मेगावाटका आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । यि सबै आयोजनाहरुको निर्माण गर्ने क्रममा बैंक तथा वित्तिय संस्थाहरुवाट ऋण लिदा निजले व्यक्तिगत जमानत दिएका छन भने संस्थापकको हैसियतले कर्पोरेट जमानत दिनुको साथै करिब ५ लाख सर्वसाधारण तथा संस्थापक शेयरधनीहरुले निज गुरु प्रसाद न्यौपानेलाई विश्वास गरी लगानी गरेका छन र निजमाथीको विश्वास हालसम्म कायम रहेको अवस्था छ ।
विद्युतको अलावा पनि गुरुप्रसाद न्यौपानेले नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनका लागि खोज तथा अनुसन्धान गर्ने तथा लगानी गर्ने सम्झौता समेत गरि कार्य अगाडी बढाउने व्यक्तित्व पनि हुन् । धितोपत्र ऐन, २०६३ लागु हुनु भन्दा अगावै कम्पनी ऐन, २०५३ को अधिनमा रही विद्युत आयोजनाहरु निर्माण कार्य थालनी गरेको व्यक्तिलाई गरिएको यो कारवाही अत्यन्तै अन्यायपूर्ण रहेको भएता पनि सर्वोच्च अदालतले भविष्यमा गर्ने फैसलाले न्याय दिनेछ भन्ने आशा गरिएको छ । यो फैसलाले वहाँको काम प्रतिको समर्पण, त्याग तथा लगनशिलतामा कमि नआयोस् भनि विभिन्न क्षेत्रमा छरिएर रहनु भएका शेयरधनीहरुको पनि खवरदारी गरिरहेका छन् ।