![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2024/02/IMG-20240212-WA0004.jpg?fit=720%2C540&ssl=1)
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा रहेको प्रशान्ति एकेडेमीले वसन्त पञ्चमी तथा सरस्वती पूजा २०८० को अवसर पारेर विद्यार्थी तथा अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको छ ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2024/02/IMG-20240212-WA0001.jpg?resize=438%2C721&ssl=1)
विशेष गरी अभिभावकको स्वास्थ्यलाई लक्षित गरेर विद्यालयले निःशुल्क स्वास्थ्य शिविर इमर्जेन्सी हेल्थ केयर कपन सँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो । रोग लाग्नु अघि नै आफ्नो स्वास्थ्य प्रति आफू सजक रहन र केही समस्या देखिए रोगको पहिचान गरेर निदान गर्न विद्यालयले स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक समिर बास्तोलाले जानकारी दिएका छन् ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2024/02/IMG-20240212-WA0000-768x549.jpg?resize=720%2C515&ssl=1)
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2024/02/IMG-20240212-WA0002-576x768.jpg?resize=576%2C768&ssl=1)
वसन्त पञ्चमी तथा सरस्वती पूजामा प्रशान्ति एकेडेमीले अक्षरारम्भ कार्यक्रम गर्दैछ। सोही दिनबाट साना नानीबाबु विद्यालय गएमा धेरै विद्या प्रदान गर्न सकिने जनविश्वास समेत रहेको छ । त्यसै कारण धेरै नेपाली अभिभावक सरस्वती पूजाका दिनबाट विद्यालयमा अक्षरारम्भ गराउने गरेको पाइन्छ ।
सरस्वती पूजा विशेष अक्षरारम्भ कार्यक्रम २०८० मा विधालयले प्ले ग्रुपदेखि युकेजी सम्म निःशुल्क भर्ना अभियान सञ्चालन गरेको छ । त्यसै गरी कक्षा एक देखि कक्षा नौं सम्म नाम दर्ता कार्यक्रम राखेको प्रसासनले जनाएकाे छ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2024/02/IMG-20240212-WA0003-576x768.jpg?resize=576%2C768&ssl=1)
त्यसै गरी बार्षिक खेलकुद सप्ताह २०८० मा सहभागी भई विभिन्न खेलकुद विधाका विजेता उपविजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिने विद्यालयले जनाएको छ । कार्यक्रम फागुन २ गते बुधवार बिहान ७ बजेदेखि सरस्वती पूजा, ११ बजेदेखि हेल्थ क्याम्प र ११.३० बजेदेखि पुरस्कार वितरण तथा विविध अन्य कार्यक्रम विद्यालयको प्राङ्गणमा हुनेछ ।