बूढानीलकण्ठका सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिने



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरु संग आवेदन माग गरेको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि सोही कार्यविधिको दफा १८ बमोजिम र ‘ग’ बमोजिमको योग्यता पुगेका उम्मेद्वारहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखामा उपस्थित भई आवदेन दिन अनुरोध गरेको छ ।

सूचना जारी भएसँगै बूढानीलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको प्रक्रिया शुरु भएको महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी गराए ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा जारी सूचना :

प्रतिक्रिया दिनुहोस्