प्रशान्ति एकेडेमीको १८ औं बार्षिकोत्सब सम्पन्न



काठमाडौं । बूढानिलकण्ठ–१२ कपनमा रहेको प्रशान्ति एकेडेमीले १८औं बार्षिक उत्सव , अभिभावक सम्मेलन तथा विविध कार्यक्रम सम्पन्न गरेको छ । चैत्र २५ गते विद्यालयको प्रागंणमा आयोजित भव्य कार्यक्रम माननीय मात्रिका भट्टराई प्रमुख अतिथि डा दुर्गा दहाल विशिष्ट अतिथि लगायत विभिन्न अतिथिगण तथा अभिभावक, आगन्तुक र शुभचिन्तकहरुको उपस्थितिमा सो नयॉ कार्यक्रम सम्पन्न गरेको हो ।

सम्पन्न कार्यक्रममा बूनपा–९ का वडा अध्यक्ष शम्भु भट्टराई, १० का नवराज भट्टराई ,वुनपा सामाजिक विकास समिति संयोजक शान्ता ढकाल कपन अनलाईनका प्रधान सम्पादक पुण्य पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रशान्ति अभिभावक सम्मेलनको दोस्रो संस्करण २०७९ भएको हो । उक्त कार्यकेरममा साँस्कृतिक प्रस्तुति, र सुरुवातमा केही खेलहरु समेत आयोजना गरिएको थियो।उल्लेख्य मात्रामा अभिभावकहरुको सहभागीता रहेको सो कार्यक्रम सफल बनाउन योगदान स्वरुप अन्यसरोकारवालालाई स्वागत गर्दै प्रिन्सिपल समिर वास्तोलाले सवैको समयको लागि आभार प्रकट गरे ।

विद्यालयका अध्यक्ष मुरारी भण्डारीले शुभकामना मन्तव्य दिंदै सम्पुर्ण अतिथि तथा आमन्त्रितलाई धन्यवाद ज्ञापन गरे । यो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रदर्शनीहरु प्रस्तुत गर्नुका साथै पुरस्कार प्रप्त पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्