सरकारबारे प्रश्न उठाउँदै ओलीले भने–‘हाम्रो सिमा मिचिँदो छ तर सरकार मौन छ’



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देश निकै जटिल अवस्थामा रहेको टिप्पणी गरेका छन् । वर्तमान सरकारले देश र जनताको हितभन्दापनि आफ्नो व्यक्तिगत हितको लागि काम गरेको उनको आरोप छ ।

‘आज देशको अवस्था निकै जटिल छ । अझ बढि गम्भीर, अस्थिर बढेको छ । यसै भन्न सकिने अवस्था छैन् । देशमा अस्थिरता छ । गत मंसिर ४ गते चुनाव भयो । यस विचमा उतारचढाव भए । पुष १० गते एउटा सरकार बन्यो । सरकार परिवर्तन भयो । यथार्थमा सरकार परिवर्तन भयो । तर, सरकारको नेतृत्वकर्ता उही छ ।’–रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै ओलीले भने–‘सरकार परिवर्तन भयो, तर प्रधानमन्त्री उही छ । सरकारको नेतृत्व उही छ । नीति र विचार परिवर्तन भयो । व्यक्ति उही छ । यो अमिताभ बच्चनका बुवा हरिवंश राय बच्चनले एउटा कविता लेख्नुभएको छ–मधुशाला भन्ने ।’ ओलीले सो क्रममा हरिवंशको कवितासमेत वाचन गरेका थिए । कविता यस्तो थियो–

कितनी आई और गई पी इस मदिरालय में हाला, टूट चुकी अब तक कितने ही मादक प्यालों की माला, कितने साकी अपना अपना काम खतम कर दूर गए, कितने पीनेवाले आए, किन्तु वही है मधुशाला।।।

आयोजित साक्षात्कारमा यसअघि एमालेसहितको संलग्नतामा बनेको सरकार बदलिएको र मन्त्रीहरु बदलिएको सुनाउँदै भने–‘तर मधुशाला उही छ । अहिलेको स्थिति पनि त्यस्तै छ । नीति नभएको मधुशाला । गन्तव्य नभएको मधुशाला । ग्राहक पर्खिएर बसेको मधुशला । फाईदा र लाभ हेरेर बसेको मधुशला । इमान होईन लाभ हेर्ने मधुशला । देशको स्थ्तिि झन बिग्रिँदै गएको छ । बिग्रिँदो छ । रजानीति छताछुल्ला र भताभुंग छ । अविश्वासको चक्र बढ्दो छ । सरकारप्रति अविश्वास छ । सरकारप्रति विश्वसनियताको खडेरी छ । प्यारामिटर तल झरेको झरै छ । मान्छेको अलिक शरम पचाउने क्षमता पनि वृद्धि भएको भएको देखिन्छ (हाँस्दै) । तर, देशको अर्थतन्त्र ध्वस्त छ । समाज अद्योगतितिर लाग्दैछ । हाम्रा गौरव गर्नलायक सांस्कृतिक मूल्य र मान्यताहरु, रितिरिवाज, हाम्रा संस्कृति, धर्म यी सबै कुराहरु सामान्य कुरा परित्याग गर्न सकिने कुराको रुपमा बुझिँदैछ । अरुका कुरा, इतिहास नभएका कुनै तर्क र तथ्यले पुष्टि गर्न नसक्ने कुरा, क्षणिक भावावेशलाई बढि अंगाल्न सकिने कुरा र प्रवृत्तिहरु सांस्कृतिक र सामाजिक क्षेत्रमा देखिएका छन् । जुन कुरा राष्ट्रको भविष्को लागि चूनौति देखिएको छ ।’

पूर्व प्रधानमन्त्री ओलीले अहिले मुलुकको सार्वभौमसत्ता कमजोर बनेको टिप्पणी गरे । उनले थपे–‘स्वाधिनता कमजोर बनेको छ । कसले चुनाव जित्छ भन्ने चर्चा छ भने बाहिरबाट चुनाव जिताउन खोजिएको छ, त्यसकारणले त्यसले जित्छ भन्ने छ । स्वाधिनता साँच्चै नै कमजोर हालतमा पुगेको छ। चिन्ताको विषय हो । हाम्रो देश अहिले अप्ठ्यारो अवस्थामा छ । नेपालको भौगोलिक अखण्डता, हाम्रो भूमि खुम्चिँदो छ । हाम्रो सिमा मिचिँदो छ । सरकार मौन छ । यसमा बोल्यो भने उसको सत्ता धरापमा पर्नसक्छ । राष्ट्रियता, अखण्डता अप्ठ्यारोमा छ । देशको पक्षमा बोल्न सक्दैन् । सरकार राष्ट्रको पक्षमा बोल्दैन । त्यस्तो सरकारलाई देशको सरकार भन्न सकिँदैन् ।’

ओलीले सरकारले कमसेकम देशको जमिन कहाँ–कहाँ मिचिएको छ, या छैन् ? भन्ने कुरा भन्न सक्नुपर्ने औंल्याए । उनले भने–‘हाम्रो भौगोलिक अण्खडताको विषयमा सरकारले बोलोस । भोलि क्लबको यही कार्यक्रममा प्रधानमन्त्री बोल्ने कार्यक्रम रहेछ, उहाँले बोल्नुहोस । हाम्रो भूमि अतिक्रमित भएको छ कि छैन् ? या के हो ? खुलस्त भन्नुहोस । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदैहुनुहुन्छ । उहाँ यहाँ त बोल्न सक्नुभएको छैन्, विदेशमा के बोल्नुहुन्छ ? उहाँ आफ्नो जमिनको दाबेदारी गर्नुहुन्छ कि ताबेदारी भन्ने प्रश्न आउँछ ।’

ओलीले देशको आर्थिक अवस्था पनि खस्कँदो रहेको टिप्पणी गरे । उनले भने,‘अहिले विकास पनि अघि बढेको छैन । विकास पछाडि धकेलिएको छ । वैदेशिक मुद्राको सञ्चिती नाजुक अवस्थामा छ । आर्थिक तरलता उस्तै अभाव छ । बैंकसँग पैसा छैन् । काम गरेका ठेकेदारलाई पैसा दिने सरकारसँग पैसा छैन् । नयाँ उद्योग स्थापना गर्ने अवस्था छैन् । रोजगारीको अवस्था सिर्जना कहाँबाट गर्नुहुन्छ ? कागजमा लेखेर हुँदैन् । सरकारले त्यो कुरा भन्नुपर्यो । उद्योग स्थापना केही गर्न सक्नुहुन्न । कृषिको आधुनिकीकरण सक्नुहुन्न । अरु क्षेत्रमा बजेट काटिएको छ । हरेक चिजको मूल्य बढेको छ । जनतालाई मार परेको छ । दिनदिनै मूल्यवृद्धि बढेको छ । देशको अवस्था अत्यन्तै नाजुक छ । अहिले यो अत्यन्तै आर्टिफिसियल एउटा, विभिन्न पार्टपुर्जा जोडिएको कृत्रिम सरकार अप्राकृतिक ढंगले बनेको छ । यसमा न विचार मिल्छ, न सिद्धान्त मिल्छ, न कार्यक्रम मिल्छ । फेरि पनि सरकार बनेको छ । सरकारको एउटा गन्तव्य हुनुपर्छ । के कोलागि बनेको ? के गर्न खोजेको भन्ने ? तर त्यो केही छैन् ।’
उनले सत्ता गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठाए । उनले भने,‘यस्तो अवस्थामा नितान्त अवसरको फाईदा लिएर । अब एक ढंगले भन्ने हो भने हाड र छालामात्रै बाँकी रहेको देशबाट, त्यसबाट पनि सिरिन्च घुसारेर लामखुट्ले जस्तो रगत निकाल्न खोजिएको छ । जसले देशलाई अझ आरोलो लग्छ । यस्तो अवस्थामा सञ्चार क्षेत्रको अझ महत्व छ। जनतालाई सही सूचना दिनुपर्छ । यी काम गर्नुपर्छ । सञ्चारमाध्यमलाई देशको हितको पक्षमा प्रयोग गर्न सक्नुपर्छ । आफ्ना संकिर्ण स्वार्थलाई महत्व दिएर देश र जनताको हितलाई गौण बनाईयो भने सञ्चभारमाध्यमको भूमिका सकारात्मक भन्न सकिँदैन् । मिडियाले देश र जनताको हितमा आफ्नो भूमिका खेल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्