जेभियर इन्टरनेशनल कलेजमा अमेरिकाका २० युनिभर्सिटीको विशाल शैक्षिक पर्दशनी



काठमाडौं । कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजमा अमेरिकाका २० युनिभर्सिटीले शैक्षिक पर्दशनी गरेका छन् ।

आज एक भव्य कार्यक्रमका साथ सो पर्दशनी आयोजना गरिएको हो ।

अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीको सहजीकरणकालागी कार्यक्रम आयोजना गरिएको जेभियर इन्टरनेशनल कलेजका सिइओ लोक बहादुर भण्डारीले बताए ।

पर्दशनीमा अमेरिकाका USEF नेपाल र एजुकेसन युएस ले प्रदान गर्ने छात्रवृत्तिमा हरेक वर्ष जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने भएकाले अमेरिकी युनिभर्सिटीको रोजाईमा जेभियर इन्टरनेशनल कलेज परेको कलेजका प्रधानाध्यापक दिपेन दाहालले आशाका किरण मिडियालाई बताए ।

शैक्षिक मेलामा सहभागी भए पश्चात् विद्यार्थीहरुले कलेजले महत्त्वपूर्ण अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । शैक्षिक पर्दशनीमा हजारौं विद्याले अमेरिकाको २० युनिभर्सिटीको स्टल अवलोकन गरेका थिए ।

जेभियरलाई शैक्षिक पर्दशनी गर्ने मौका प्रदान गरेकोमा सिईओ लोक बहादुर भण्डारीले एजुकेसन युएस र USEF नेपाललाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्