२४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ सय ६४ पिसिआर परीक्षणका क्रममा १२ जना र ४ सय ६६ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २० संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्