अस्पतालबाट डिस्चार्ज भइन् राष्ट्रपति भण्डारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन् । स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज भएकी हुन् । ज्वरो आउने, बान्ता हुने, जीउ दुख्ने लगायतका समस्या भएपछि गत शनिबार शिक्षण अस्पताल भर्ना भएकी थिइन ।

उपचारमा संलग्न डा.निरज बमले स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेको बताए । कोभिड १९ पोजेटिभ आएकोमा पाँच दिनको अब्जरभेसन सकिएपछि डिस्चार्ज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्