दशैंमा कस्तो माछा मासु स्वास्थ्यका लागि उपयुक्त ?



काठमाडौं । हिन्दु नेपालीको चाड बडा दशैं लागेको छ । विशेषतः दशैंमा सबैभन्दा बढि प्रयोग हुने चिज हो मासु । यस चाडमा मासुको बढी मात्रमा प्रयोग गरिन्छ ।

मासुको प्रयोगमा हामिले ख्याल नराख्दा धेरै समस्याहरु आउने गर्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर, एक पटक काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ ।

यस्तो मासु खाँदा स्वास्थ्यका लागि निकै खतरा पनि हुने गर्दछ । त्यसैले तपाई हामिले ध्यान दिनै पर्ने कुराहरु विभिन्न हुन्छन् । यसकारण मासु खाँदा र मासुको परिकारबारे ख्याल गर्ने पर्ने कुराहरु निम्न छन्ः

– मासु तथा मासुजन्य पदार्थको उत्पादन स्वस्थ पशुपन्छीको बध गराउनु पर्छ ।
– आफूले सेवन गर्ने मासु सफा ठाउँमा काटौँ ।
– छाला नखाँदा स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
– मासुलाई कम्तीमा १२ घण्टा डिपफ्रिजमा राखेपछि खाँदा राम्रो ।
– गन्ध आएको, चिप्लो र रङ्ग निलो भएको मासु खाँदै नखानुस् ।
– फ्रिजमा आफूलाई एक दिनमा आश्यक पर्ने मात्राको पोको छुटा, छुट्टै राखी प्रत्येक दिन एउटा पोको निकालेर पकाउनु बानी गरौँ ।
– फ्रिजमा राखेको मासु राख्ने र निकाल्ने बानी नगरौँ ।
– पशु काटेपछि छाला निकाली सफा र चिसो पानीले मासुलाई पखालौँ ।
– मासु पोलेर नखानुस् ।
– पकाएको मासु धेरै दिन नराखौँ र त्यस्तो मासु नखाँदा नै स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

यस्ता रोगीले कम खानुस् मासु
दशैँमा अन्य समयभन्दा मासु अनि गुलियो र चिल्लो पदार्थको सेवन बढी मात्रमा हुन्छ । जिब्रोको स्वादका लागि अमिलो, पिरो र मसलाको धेरै प्रयाग गरिन्छ । यसले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने बारे भने कमैले ध्यान दिएका हुन्छन् ।

दशैँमा माछा मासुको प्रयोग अत्यधिक मात्रमा हुन्छ । धेरैको घरमा खसीबोका, राँगा, बङ्गुर, कुखुरा, च्याङ्ग्रा काटिन्छ । माछामासुमा पनि दशैँको समयमा रातो मासुको प्रयोग बढी मात्रमा प्रयोग हुन्छ । यो समयमा मासु पकाउनका लागि तेल, मसला र अन्य सामानको प्रयोग बढी हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्र बढी हुन्छ ।

यसले युरिक एसिड बढाउँछ । रातो मासुको सट्टा सेतो मासु प्रयोग गर्दा स्वास्थ्यलाई लाभदायक हुन्छ । चिकित्सकको भनाइअनुसार रातो मासुमा अत्यधिक प्रोटिनका साथै फ्याटी एसिड पनि प्रशस्त मात्रमा हुन्छ । मासुमा भएको कोलेस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । रातो मासु भन्नाले चार खुट्टे जनावरको मासुलाई जनाउँछ भने सेतो मासु भन्नाले कुखुरा वा माछालाई जनाउँछ । कुखुरा, माछा, अस्ट्रिज र इमुलगायतको मासु रातो मासु भन्दा फाइदाजनक मानिन्छ ।

छालायुक्त मासु खाँदै नखानुस्
छानासहित जनवारको खुटट पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी रहेको हुन्छ । यसले पनि विभिन्न रोगहरू निम्त्याउँन छ । सँगै खसीबोका, राँगा, च्याङ्ग्रालगायतको जनावरको छालामा काटिएका रौँ पनि रहन्छ । त्यसैले यस्ता छाला भएको मासु खाना अस्वस्थकर मानिन्छ ।

मसला कम गर्नुस्
दशैँमा परिकारहरूमा मसलाको प्रयोग अत्यधिक मात्रमा हुनेगर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि रामो होइन । बजारमा पाइने रेडिमेड मसलाहरूको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा समस्या ल्याउन सक्छन् । त्यसैले घरमै तयार गरेको मसला खाँदा राम्रो हुन्छ ।

दशैँको बेलामा दीर्घरोगीहरूले स्वास्थ्यको विशेष ध्यान दिन जरुरी हुन्छ । दशैँमा खानपिनमा ध्यान नदिदा, मधुमेह, उक्तचाप, मुटु र एसिडका बिरामीले बढीमा मात्रमा ध्यान दिनुपर्ने हुन्छ । मुधुमेहका बिरामीले गलियो र चिल्लो पदार्थ खानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्