डिटक्स वाटर भनेको के हो ? कसरी बनाउने ?



काठमाडौं । मानव शरिरको लागि पानिको निकै महत्वूर्ण छ । पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा छ। स्वास्थ्यमा निकै सचेत हुन थालेका नेपालीहरु डिटक्स वाटर पिउनु भनेको धेरै राम्रो कुरा हो ।

स्वच्छ पिउने पानीलाई काचको जार, डिसपेन्सर, बोटल या कुनै बाटामा विभिन्न जडीबुटी, लेमोन, स्याउ, सुन्तलाको स्लाइस हालेर छोपी पुरा रात राखेर बिहान पिउनु नै डिटक्स वाटर सेवन गर्नु हो । पटक पटक पानी थपेर घटिमा ६ घन्टा पछाडि पिउनाले शरीरका अर्गन प्युरीफाइ गर्न धेरै सहयोग पुग्छ।

उमालेर चिसो गरेको या जारको स्वच्छ पानीमा यो डिटक्स वाटर बनाउन सकिन्छ। बिहानको नास्ता खानु अगाडी डिट्क्स वाटर दुई गिलास पिउनु उत्तम हुन्छ। ठुला ठुला तारे होटलको ब्रेकफास्ट बोफेटमा दशै लिटर यस्तो खालको डिट्क्स पानी अनिवार्य रुपमा राखिदिएको हुन्छ।

कसरी बनाउने डिटक्स वाटर ?
चाहिने सामाग्रीः २ लिटर सफा जारको पानी, २ स्लाइस कागती, २ स्लाइस सुन्तला, जुनार, मौसम,भोगटे या मुन्तला, ३ स्लाइस काक्रो, ३ स्लाइस स्याउ, ताजा अदुवा– २ स्लाइस, चुकन्दर –२ स्लाइस, गाजर – २ स्लाइस, पुदिना–२ मुन्टा, तुलसी।

बनाउने विधिः पानीलाई सफा सिसाको बोटल,जग,जार या डिस्पेन्सरमा राख्ने। यदि सिसाको भाँडो छैन भने एक्रलिकको उपयुक्त भाडोमा राख्न सकीन्छ। उल्लेखित सम्पुर्ण सामाग्री राम्ररी सफा पानीमा पखालेर आफूले रोजेर हालेको जारको पानीको भाडोमा खन्याउने। बेलुका मिक्स गरेर बिहान खालि पेटमा छानेर पिउने गर्दा उत्तम मानिन्छ र यी काटेका सामाग्रीमा अधिकतम ३ पटक सम्म पानी मिसाएर पिउनु उत्तम मानिन्छ तर घटीमा पनि ३ घन्टा सामाग्रीलाई डुबाइ राख्नुपर्ने हुन्छ।

डिटक्स पानी पिउँदा के फाइदा ?
नियमित रुपमा डिट्क्स पानी पिउदा धेरै स्वास्थ्य सम्बधी फाइदा पुग्ने विज्ञहरुको ठहर छ र प्रमाणित पनि भएका छन।

ताजा फलफूल,तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पुर्ण रुपमा शरीरलाई फाइदा पुग्ने वैज्ञानिक तथ्यहरु पनि पुष्टि भएका छन् । शरीरमा रहेको टक्सिनलाई हटाएर डिटक्स गर्ने हुनाले नै यो घुलित मिश्रण पानीलाई डिटक्स पानी भनिएको हो।

तौल घटाउन र उच्च रक्तचापलाई सन्तुलनमा राख्न पनि यो खालको पानीले धेरै मद्दत पुर्‍याउँछ। खाना पचाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ। शरीरमा ताजगी जगाउनुको साथै हसिलो फुर्तिलो बनाउँछ।

प्रतिक्रिया दिनुहोस्