अनसनरत डा.केसी उपचारका लागि काठमाडौँ आउन तयार



काठमाडौं । सेती प्रादेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा.गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं ल्याउने तयारी सुरु भएको छ ।

अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभई अन्य स्थानमा नआउने अडान लिँदै आएका थिए ।

सिनियर डाक्टरहरूले उनलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौँ आउने मनस्थितिमा रहेको उनको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

प्रतिक्रिया दिनुहोस्