एसिडिटी वा ग्यासको समस्याबाट राहत पाउन यी ४ योगासन गर्नुहोस्



काठमाडौं । खराब जीवनशैली र असन्तुलित खानपानका कारण एसिडिटी र ग्यासजस्ता पेटसम्बन्धी समस्या निम्त्याउँछ । आज अधिकांश मानिस यही समस्याबाट त्रसित छन् । जसका कारण उनीहरुले राहत पाउनका लागि पटकपटक औषधिको सहारा लिनुपर्ने बाध्यता छ । तर के तपाईलाई थाहा छ यी दुबै समस्याको समाधान योगमा लुकेको छ । हो, एनसीबीआई (नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसन)को वेबसाइटमा प्रकाशित एक मेडिकल रिसर्चले ध्यान र योग गर्नाले एसिडिटी र ग्यासजस्ता पाचन प्रणालीसँग सम्बन्धित समस्यालाई कम गर्न सकिने स्पष्ट उल्लेख छ । त्यसोभए जानौं कुन योगले मानिसलाई एसिडिटी र ग्यासबाट छुटकारा पाउन सक्छ।

एसिडिटी र ग्यासको लागि योग

–हलासना

हलासनले एसिडिटी र ग्यासबाट छुटकारा पाउन मद्दत गर्छ। यो आसन गर्दा शरीर हलो जस्तो देखिन्छ, त्यसैले यस आसनलाई हलासन भनिन्छ। हलासन कब्जियत, अपच र अन्य पाचन समस्याबाट छुटकारा पाउन धेरै उपयोगी छ।

हलासन गर्दा अपनाउनुस् यी कुराहरु

–महिनावारीको समयमा महिलाले यसो गर्नु हुँदैन ।

–घाँटीमा कुनै किसिमको चोट लागेको अवस्थामा पनि हलासन नगर्नुहोस्।

–गर्भवती महिलाहरूले यो आसनबाट टाढा रहनुपर्छ।

–पाठेघर वा मेरुदण्डसँग सम्बन्धित समस्या भए पनि हलासनको अभ्यास नगर्नुहोस्।

–वज्रासन

वज्रासनलाई अंग्रेजीमा डायमण्ड पोज भनिन्छ। ग्यास र एसिडिटीको समस्यालाई हटाउन वज्रासनले फाइदा गर्छ । अनुसन्धानमा भनिएको छ कि शरीरमा रगतको प्रवाह बढाएर कब्जियत, एसिडिटी, पायल्स, आन्द्राको ग्यास आदिबाट छुटकारा पाउन मद्दत गर्छ ।

–वज्रासन गर्दा अपनाउनुहोस् यी कुराहरु

–घुँडा र खुट्टा दुखेको अवस्थामा यो आसन गर्नु हुँदैन ।

–हाइपोटेन्सन अर्थात् कम रक्तचाप भएका व्यक्तिहरूले वज्रासन गर्नु हुँदैन।

–यदि तपाईको घुँडाको शल्यक्रिया भएको छ भने पनि यो आसन नगर्नुहोस्।

–गर्भवती महिलाले यो आसन गर्नु हुँदैन ।

–मेरुदण्डमा समस्या भएमा यो आसन नगर्नुहोस् ।

–उस्त्रासन

एसिडिटी र ग्यासको समस्यामा उस्त्रासनलाई प्रभावकारी उपचार मानिन्छ । यो आसन गर्नाले पेटसम्बन्धी धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ ।

–उस्त्रासन गर्दा अपनाउनुहोस् यी कुराहरु

–हर्निया र उच्च रक्तचापका बिरामीले यो आसन गर्नबाट जोगिनुपर्छ ।

–कुनै पनि प्रकारको दुखाई भए पनि यो आसन नगर्नुहोस्।

–पवनमुक्तासन

पवनमुक्तासन गर्दा एसिडिटी र ग्यासको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । यो आसन नियमित गर्नाले मल त्यागको प्रक्रियामा सुधार हुनुका साथै कब्जियतको समस्या पनि हट्छ ।

–पवनमुक्तासन गर्दा अपनाउनुस् यी सावधानी

–यदि कम्मर र ढाडमा दुखाइ वा चोट छ भने, यो योग नगर्नुहोस्।

–योगा आसन खाना खाएपछि कहिल्यै नगर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्