एलर्जीको समस्या हुनेले खानुहुँदैंन यस्ता खानेकुराहरु



एजेन्सी । एलर्जी छालामा हुने एक प्रकारको रोग हो । यो एक अटो इम्युन रोग हो जसमा छालाको कुनै पनि भागमा रातो हुने, सुन्निने र चिलाउने हुन्छ ।

विज्ञहरूका अनुसार एलर्जीका एक तिहाइ बिरामीलाई डिप्रेसन र एन्जाइटीजस्ता मानसिक समस्या हुने गर्छ । सामान्यतया मानिसहरूले यसलाई छालाको सामान्य समस्या सोचेर बेवास्ता गर्छन् । तर यो शरीरभरी फैलिन सक्छ ।

एलर्जी निको नहुन सक्छ। तर उपचारसँगै खानपानमा केही परिवर्तन गरेर एलर्जीलाई बढ्नबाट रोकथाम गर्न सकिन्छ।

यस्ता छन् एलर्जीको समस्या भएका मानिसले खान नहुने आठ कुराहरु :

– होल मिल्क

– चिज

– प्रशोधन गरिएका खाना जस्तै जङ्क फुड, प्याकेज्ड

फुड, प्रसोधित मासु आदि

– रातो मासु

– ग्लुटेन युक्त खाद्यान्न

– रक्सी

– कफी, सफ्ट ड्रिङ्क, एनर्जी ड्रिङ्क

– चकलेट

यस्ता खानाको सेवनले एलर्जीको लक्षणहरू पनि बढाउन सक्छ । त्यसैले एलर्जीको समस्या भएका मानिसले छालाबिनाको कुखुराको मासु, माछा जस्ता लिन मिटको सेवन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्