डन्डीफोर हटाउने घरेलु उपाय



काठमाडौं । धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन् । डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो ।

मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन् । रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ । जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन । यो छालाभित्रै जम्छ । यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।

मह
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ । तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने । अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ । आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने ।

केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्याउँछ । केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ । यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ । केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन् । दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ । पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने ।

कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ । तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ । त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ ।

चन्दन पाउडर
चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ । बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने । डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने । कागती केही थोपामात्रै राख्ने । धेरै राख्ने यसले पोल्न सक्छ । यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ । सुखेपछि चिसो पानीले अनुहार धुने ।

बाफ लिने
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ । फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ । साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ । अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ । बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने । सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ ।

गोलभेँडा
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन् । गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन् । गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ । आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने ।

प्रतिक्रिया दिनुहोस्