विश्व वातावरण दिवस–२०२२ को अवसरमा माइतिघर मन्डलामा युवाहरु (फोटो फिचर)



काठमाडौं । विश्व वातावरण दिवस –२०२२ को अवसरमा काठमान्डांैको माइतिघर मन्डलामा युवाहरुले प्रदशर्नी गरेका छन् । सन् १९७४ देखि प्रतेक बर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइदै आएको छ । नेपालमा  “पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्रि जिवनयापन”  भन्ने राष्ट्रिय नारा सहित  विभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइएको छ ।

वातावरण दिवसको अवसर पारेर युथ एडभोकेसि नेपालको आयोजना र आईएम स्विडिस, नाफान, ग्लोलवल पिस फाउन्डेससन, दलित युथ एलाईन्स तथा वाइएनपिडी जस्ता विभिन्न सामाजिक सघं सस्थाको सहकार्यमा माइतिघर मन्डलामा एक घन्टा प्रदर्शनि गरेका छन् । विकास उनमुख राष्ट्र नेपालका विभिन्न वातामरणिय सवालहरुलाई प्रदनर्शनकारी युवाहरुले प्लेकाडका माध्यमबाट प्रर्दशन गरेका छन् । उतm प्रदर्शनिमा “ वातावरण संरक्षण गारौँ सव्य मानिसको परिचय दिऔ” “युवाको रहर : वातावरणमैत्री शहर”,“ डोजरे विकास अन्त्य गर”,“ वन विनास अन्त्य गर”, “प्रकतीको संरक्षण गरौं”, “हरितगृह ग्याँस उत्सर्जन बन्द गर”,“ प्रकृतीको संरक्षण गर”, लगायतका वातावरण सम्बन्धि विभिन्न नाराहरु प्रर्दशन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै, अधिकारकर्मी केसव दाहालले फोहोरमैला व्यवस्थापनमा युवाहरु सक्रियरुपमा लाग्नु पर्ने वताए । उनले काठमान्डौमा फोहोर मैला व्यवस्थापन मुख्य वातावरणिय समस्या रहेको र यसलाई व्यवस्थापन गर्न कुहने र नकुहने फोहरलाई छुट्उनु पर्नेमा दाहालको जोड थियो ।

महिला अधिकारकर्मी सुनिता विसुङकीले जलवायु परिवर्तनको कारण, यसका असर तथा सामधानको उपायहरुको विषयमा गाँउ गाँउमा जनचेतना फैलाउनु पर्ने वताईन । युवाहरुले स्थानिय निकाय देखिनै वातावरण संरक्षण, प्रवधन र जनचेतना फैलाउने काममा अग्रसर रहनु पर्नेमा जोड दिइन् । 

नेपाली समाजको जिवनयापन पदृती र जिविको पार्जन गर्ने उपया र प्रकृतिको अन्योन्यास्रीत सम्बन्ध रहेको र मानिसका जिवन प्रकृतीसँग जोडिएको हुनाले यसको संरक्षणमा युवाहरु सक्रियरुपमा लाग्नु पर्नेमा अधिकारकर्मी दिपक सोनीको जोड थियो । उनले अगाडी भने,“ जलवायु परिवर्तनको कारणले हिउँ पग्लिरहेको र सेता हिउँले ढाक्ने पर्वतहरु काला पत्थरमा परिणत हुदै गएको हुनाले राज्यले हरितगृह ग्याँसको न्युनिकरण गर्न पहल गर्न पर्दछ ।”

पृथ्वी सबैको साझा घर भएकाले यसको संरक्षणमा विश्वका सबै नागरिकहरुको दायित्व भएको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए । पृथ्वीको तापक्रमलाई १.५ डिग्री सेल्यियस कायम गर्नका लागि औधोगिक राष्ट्रहरुले हरितगृह ग्याँसको न्युनिकरण गर्दै स्वच्छ उर्जालाई अबलम्बन गर्नु पर्नेमा खतिवडाको जोड थियो । ७० भन्दा वढी युवाहरुको सहभागितामा आयोजना भएको कार्यक्रमको सहजीकरण युथ एड्भोकेसी नेपालका केन्द्रिय सदस्य विनय कार्कीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्