काठमाडौंबाट छत्तीस हजार पाँच सयले दिए एसईई



काठमाडौं । देशब्यापी रुपमा आजदेखि संचालन भएको कक्षा १० को एसईई परीक्षामा काठमाडौं जिल्लाबाट करिब छत्तीस हजार पाँच सयले परीक्षा दिएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेलका अनुसार १२० परीक्षा केन्द्रबाट ३७३२६ जना परीक्षार्थीले परीक्षा दिनुपर्नेमा करिव ८५० जना परीक्षामा सामेल नभएको जनाए ।

राजधानी जस्तो जिल्लाबाट किन यति धेरै परीक्षार्थीले परीक्षामा भएनन् भन्ने प्रश्नमा पौडेलले भने बैकल्पिक विद्यालयका विद्यार्थीहरु सात हजार भन्दा बढी छन् । विशेषगरी त्यस्ता विद्यार्थीहरु सहभागी नहुने कारणले धेरै विद्यार्थीले परीक्षा छोडेजस्तो देखिन्छ ।

विहान ८ देखि ११ बजेसम्म संचालित परीक्षाको विवरण समन्वय इकाईमा परीक्षा शुरु भएको आधा घण्टाभित्रै जानकारी दिनुपर्नेमा परिवर्तन खबरको टिम ३ः५४ मा इकाई कार्यालय पुग्दा प्रमुखले नै फोन गरी केन्द्राध्यक्षहरुलाई विद्यार्थी विवरण टिपाउन ताकेता गरिरहेका थिए ।

१२० केन्द्रमै केन्द्राध्यक्ष सहित २ जना सहायक केन्द्राध्यक्ष हुँदा पनि प्रधानाध्यापकहरुले तोकिएको समयभन्दा १० घण्टा ढिलो हुँदा समेत इमेल वा एसएमएस मार्फत सहभागी संख्या र अनुपस्थित परीक्षार्थी संख्या उपलब्ध नगराएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्