बेलायती राजदुत निकोला पोलिटद्वारा ‘द बडी शप’ स्टोरको उद्घान सम्पन्न (भिडियो सहित)



काठमाडौं । नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले बेलायतमा आधारित ब्यूटी ब्राण्ड ‘द बडी शप’को आधिकारिक स्टोरको उद्घाटन सम्पन्न गरेका छन् ।

विश्वभरका शिर्ष १० सौन्दर्य ब्राण्डहरु अन्तर्गतको बडी शप युकेमा आधारित सौन्दर्य ब्राण्ड हो । हाल यसका फ्रेन्चाइजीहरु ८४ देशहरुमा फैलिसकेका छन् भने विश्वभर करिव ३५,००० स्टोरहरु रहेका छन् । नेपालका लागि यसको आधिकारिक स्टो काठमाडौंको दरबारमार्गमा रहेको छ ।

सन् १९७६ मा स्वर्गीय डेम अनिता रोडिकद्वारा अत्तर, कस्मेटिक र छाला हेरचाह निम्ति बेलायतमा स्थापित ‘द बडी सप’ कम्पनी नैतिक, हरियो सौन्दर्य आन्दोलनको अग्रगामी हो । यसले कम्युनिटी फेयर ट्रेड कार्यक्रम मार्फत स्थानीय समुदायहरुलाई संरक्षण गर्दै संसारभरका ३० भन्दा बढी साझेदारहरुबाट सामान र प्याकेजिङको स्रोत उपलब्ध गराउने गर्दछ ।

नेपालका लागि शशी इन्कर्पाेरेशन एण्ड इन्भेष्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक शरु अर्याल प्रधानले ‘द बडी शप’को आधिकारीक स्टोर संचालनमा ल्याएका हुन । उनले भने, ‘नेपालले अन्तर्राष्ट्रिय ख्याति भएको सौन्दर्य क्षेत्रमा आधिकारिक रुपमा प्रवेश गर्ने एउटा प्रयाश गरेको छ । द बडी शपका उत्पादनहरु वातावरणमैत्री छन, यसका कच्चा पदार्थहरु रासायनिक संस्कृतिविना जैविक रुपमा खेती गरिने भएकाले यो क्रुरतामुक्त पहिलो ब्राण्ड हो । सबैभन्दा महत्वपूर्ण कुरा विश्वका आदिवासी समुदायहरु दिगो व्यवसाय निर्माणको लागि संलग्न छन् । उद्घाटन कार्यक्रममा महामहिम निकोला पोलिटको भ्रमणले दुई देशबिचको कुटनीतिक सम्बन्धलाई अझ बलियो बनाउने र बेलायती ब्राण्ड नेपालमा उपलब्ध हुनु दुवैका लागि गर्वको क्षण हो ।’

राजदुत निकोला पोलिटद्वारा ‘द बडी शप’ स्टोरको उद्घाटन भिडियो

प्रतिक्रिया दिनुहोस्