विवेकशील भित्र्याउँदै : एमाले पन्छाउँदै एमाले स्थायी सदस्य डा. राजन भट्टराई



नेकपा एमाले देशभरी चोईटिएको छ तर काठमाडौं -४ मा फुटेको छ। सायद बागमती प्रदेशको एक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी जनप्रतिनिधिले पार्टी छोडेका छन् भने त्यो काठमाडौं-४ पनि हो।

यस क्षेत्रबाट एमालेबाट निर्वाचित एक प्रदेश सांसद, २ वडा अध्यक्ष, ४ वडा सदस्यले पार्टी छोडेका छन्। उनीहरुलाई मूल पार्टीमा फर्काउन डा. भट्टराईले कुनै पहलकदमी नगरेको एमाले जिल्ला नेताहरु चिया पसलमा कुरा गर्न थालेका छन्।

पार्टी छोड्नेले त छोडे तर पार्टी भित्र रहनेहरु समेत हेर र पर्खको अवस्थामा छन्। नेकपा एमाले काठमाडौंका पूर्व अध्यक्ष कृष्ण राई -४ लाई वास्तै गर्दैनन्। वर्तमान अध्यक्षलाई समेत उनको दबाब थेगीसक्नु छैन। अधिकांश जिम्मेवार विहिनहरुको एउटै पिडा छ – डा. राजन भट्टराईको क्षेत्र हो, उहाँलाई नै कुरा गर्नुस्। पार्टीको आन्तरिक एकता विकराल बन्दै गएको देखिन्छ। डा. भट्टराईकै निर्वाचन क्षेत्रमा लामो समयदेखि पार्टीका जिम्मेवारीमा रहेर काम गरेका पार्टी नेताहरुलाई किन जिम्मेवारी विहिन बनाईयो ? पार्टी भित्र निर्मम ढंगले छलफल गर्नु ढिला हुन लागिसक्यो। यसको लागि कसले पहल गर्ने ?

विवेकशील र अरु पार्टीबाट प्रवेश गरेका केहि नेताहरुलाई प्रवेश गराउन निकै मिहिनेत गर्ने डा. भट्टराई आफ्नो निर्वाचन क्षेत्रमा पार्टीलाई निकै योगदान गरेका कार्यकर्ताहरु जिम्मेवार विहिन हुँदा कुनै चासो र चिन्ता गर्दैनन्।

काठमाडौं-४ मा जिम्मेवारी विहिन एमालेका पूर्व नेताहरु :

मंगलदास श्रेष्ठ – पूर्व अध्यक्ष नेकपा एमाले चुनिखेल
उत्तम अधिकारी – संस्थापक, रिटर्नि फेडेरेशन नेपाल
ध्रुवप्रसाद घिमिरे – पूर्व सचिव, नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभाग
सिपि आचार्य – पूर्व क्षेत्रीय कमिटी सदस्य
बैकुण्ठ अधिकारी – पूर्व क्षेत्रीय कमिटी सदस्य
पुण्यराज पुडासैनी – पूर्व क्षेत्रीय कमिटी सदस्य / प्रचार विभाग प्रमुख
पुष्प भट्टराई – पूर्व वडा सचिव, काठमाडौं-७
गोकुल दाहाल – पूर्व क्षेत्रीय कमिटी सदस्य
शुभ शर्मा – पूर्व क्षेत्रीय कमिटी सदस्य
ध्रुव भट्टराई – पूर्व क्षेत्रीय कमिटी सदस्य
प्रकाश काफ्ले – पूर्व कपन कमिटी सदस्य
वासुदेव थापा – पूर्व क्षेत्रीय कमिटी सदस्य
रामप्रसाद चौलागाई – पूर्व जिल्ला विभाग सदस्य
शम्भु गुरागाई – पूर्व उप-सचिव कपन
सन्तोष लुईटेल – सचिव प्रचार विभाग, क्षेत्रीय कमिटी
कृष्ण चौलागाई – कपन गाउँ कमिटी सदस्य
गोविन्द धिताल – वडा कमिटी सदस्य
शालिकराम भट्टराई – पूर्व युवा संघ सदस्य कपन

माथिका नामहरु डा. भट्टराई उम्मेद्वार हुँदा मात्र होईन वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं -४ बाट उठ्दा समेत जिताउन योगदान पुर्याएका पार्टीका जिम्मेवार कार्यकर्ताहरु हुन्।

प्रतिक्रिया दिनुहोस्