काठमाडौँ बन्दै कोरोनाको ‘हटस्पट’: एकैदिन थपिए ६७५ संक्रमित



नयाँ सङ्क्रमितमध्ये ६० प्रतिशत उपत्यकामा

काठमाडौँ उपत्यका कोरोभाइरस सङ्क्रमणको हटस्पट बनेको छ । उपत्यकामा एकै दिन ८७६ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितमध्ये यो सङ्ख्या ६० प्रतिशतभन्दा बढी हो । काठमाडौँ जिल्लामा मात्र ६७५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा १३६ तथा भक्तपुरमा ६५ जना सङ्क्रमित थपिएका छन् ।

सोमबार देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५५ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्