![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2020/03/arrested-by-police.jpg?fit=720%2C405&ssl=1)
झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।