सुन्दरीजलमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु



काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको आइतबार राति मृत्यु भएको हो ।

सख्त घाइते पुडासैनीको उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्