खोलामा डुबेर एक जना बेपत्ता



नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् ।

वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् ।

छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्