१२ कक्षाको वार्षिक परीक्षा भौतिक उपस्थितिमै गर्ने बोर्डको तयारी



काठमाडौँ । २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ । सरकारले परीक्षाको विषयमा निर्णय गरी नसकेको भएता पनि बोर्डले भने १०० पूर्णाङ्कको लिखित परीक्षा गर्ने गरी तयारी थालेको छ ।

माध्यमिक तहको अन्तिम परीक्षा भएकाले ढिला भएपनि लिखित रुपमै लिनुपर्छ भन्ने विज्ञहरुको सुझाब रहेकाले सोही अनुसारको तयारी भइरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

पौडेलका अनुसार बोर्डले अहिले १२ कक्षाको वार्षिक परीक्षा १०० पूर्णाङ्कको लिखित लिनेगरी तयारी भइरहेको छ । पछिल्लो समय कोरोना महामारीको संक्रमण न्यून बन्दै गएकाले पनि लिखित रुपमै परीक्षा सञ्चालन गर्ने तयारीमा बोर्ड रहेको छ ।

स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरेर भएपनि परीक्षा लिखित रुपमै लिने तयारी भइरहेको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्