वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ५६ करोड



कर्णाली प्रदेशकै सम्पन्न मानिने वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि रु एक अर्ब ५६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले रु एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६०० प्रस्तावित बजेट सार्वजनिक गर्नुभएको हो । कुल बजेटमा चालुतर्फ रु एक अर्ब १३ करोड १९ लाख २६ हजार र पूँजीगतर्फ रु ४३ करोड ३३ लाख ३६ हजार विनियोजन गरिएको छ ।

त्यस्तै वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड पाँच लाख १३ हजार र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ रु छ करोड आठ लाख १६ हजार बजेट विनियोजन गरिएको उपप्रमुख ढकालले बजेट भाषणमा उल्लेख गरे ।

नगरपालिकाले अगामी आवका लागि विनियोजन गरेको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, वातावरणीय सरसफाइ, स्वच्छता र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

उपप्रमुख ढकालले नगर गौरवका रूपमा नगरभित्र गुणस्तरीय चिकित्सकीय सेवा प्रवाहका लागि कटकुवा स्वास्थ्य संस्थाको भवनलाई नगर अस्पतालका रूपमा विकास गर्ने तथा हाल कोभिड अस्पतालका रूपमा सञ्चालन भएको अस्पताललाई नगरको आधारभूत तथा चिकित्सकीय सेवासहित सञ्चालन गरिने बताए ।

त्यस्तै नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन थप विद्यालयमा विद्यालय नर्सिङ सेवा सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले महिला स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उपप्रमुख ढकालले ‘छोरीलाई स्यानेटरी, आमालाई सीप र स्वरोजगारी’, विपन्न तथा असहाय, कोरोना प्रकोप पीडित र अभिभावकविहीन बालबालिकाका लागि ‘विद्यालय शिक्षा सुनिश्चितता छात्रवृति कोष’ स्थापना नगरपालिका, वडा कार्यालय र विद्यालयसँगको सहकार्यमा विपन्न अभिभावकका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिने बताए ।

असहाय र अभिभावकविहीन बालबालिकाको अभिभावकत्व स्थानीय तहले लिने गरी उनीहरुको माध्यमिक तहसम्मको शिक्षा सुनिश्चित गर्ने, ‘म बनाउँछु मेरो विद्यालय’ कार्यक्रम सञ्चालन गरी विद्यालयमा ‘मेरो एक दिन’ कार्यक्रममार्फत विद्यालयको समग्र विकास, शिक्षकको शिक्षण र विद्यार्थीको सिकाइ सुधार गरिने कार्यक्रममा समावेश गरिएको छ ।

कृषिमा व्यवसायिकताः युवामा उद्यमशीलता, जमिन बाँझो नराखौँ स् सक्नेलाई गर्न दिऊँ, एक सहकारी स् एक उत्पादन, एक गाउँ स् एक उत्पादन, मेरो विद्यालय स् मेरो जिम्मेवारी, वातावरण संरक्षण स् शहरी सौन्दर्यलगायतका कार्यक्रम पनि सञ्चालन गर्ने बजेट भाषणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्