![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2020/06/Death_Mrityu2-1-e1600947787463.jpg?fit=720%2C356&ssl=1)
पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।
यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । सो अस्पतालमा आज बिहानसम्म २५ कोरोना सङ्क्रमित उपचाररत छन् ।
गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा कूल ७९ सङ्क्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका कोभिड फोकल पर्सन मोतेले बताए ।