काठमाडौँ उपत्यकामा थप १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८०४ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकमा संक्रमितको संख्या घट्दो दरमा पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्