काठमाडौँ उपत्यकामा २ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८६३ जना, भक्तपुरमा ३२३ जना र ललितपुरमा ४२७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा २ हजार ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्