काठमाडौँ उपत्यकामा थपिए ३ हजार ९८ कोरोना संक्रमित



काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँमा २ हजार ३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

सोमबार देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्