उपत्यकामा थपिए ३९ सय २७ कोरोना संक्रमित



काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा २७ सय ८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा गरी कुल ३९ सय २७ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३६ सय ७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्