असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक



सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लिटर अक्सिजन खपत हुन्छ । मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ जारी गर्दै मन्त्रालयले यस्तो अनुमान गरेको हो ।

आईसीयू९भेन्टिलेटरमा वैशाख मसान्तसम्म २ हजार २ सय ८५, जेठमा ३ हजार २३ र असारमा ३ हजार ६ सय ९८ जना भर्ना भई मेडिकल अक्सिजन आवश्यक पर्ने अनुमान गरिएको छ । एचडीयूमा वैशाख मसान्तसम्म ५ हजार ३ सय ३१, जेठ मसान्तसम्म ७ हजार ५३ र असार मसान्तसम्म ८ हजार ६ सय २८ जनालाई मेडिकल अक्सिजन आवश्यक पर्न सक्ने जनाइएको छ ।

त्यस्तै, वैशाख मसान्तसम्म ७ हजार ६ सय १६, जेठ मसान्तसम्म १० हजार ७५ र असार मसान्तसम्म १२ हजार ३ सय २६ जनालाई साधारण अक्सिजन बेड आवश्यक पर्न सक्नेछ ।

वैशाखमा ९७ करोड ७६ लाख ५६ हजार ७ सय ८१ लिटर, जेठमा १ अर्ब २९ करोड ३३ लाख ६७ हजार ८ लिटर र असारमा १ अर्ब ५८ करोड २२ लाख ७३ हजार ८ सय २९ लिटर मेडिकल अक्सिजन खपत अनुपात छ । असारसम्म ५ लाख ६६ हजार ६ सय ६१ अक्सिजन सिलिन्डर खपत ९४६ लिटर साइज० खपत हुने अनुमान छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्