सङ्क्रमित जनप्रतिनिधिको मृत्यु



बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।

श्वासप्रश्वास कै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा। शैलेन्द्र विक पोखरेलले बताए। उनी गाउँ कार्यपालिका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्