एउटा र अर्को अस्पताल गर्दागर्दै पाँचौ अस्पताल पुग्दा गयो ज्यान…



अस्पतालले भर्ना लिन नमानेपछि उपचार गर्दागर्दै कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका–६ देउरालीकी महिलाको कोसी अस्पतालमा मृत्यु भएको हो ।

एउटा अस्पतालले अर्को र अर्कोले अर्कोमा गर्दागर्दै एम्बुलेन्समा अक्सिजन सकिएको थियो, पाँचौ अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो ।

उपचार गर्नुपूर्व एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको आफन्तले बताए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्