बलिउड अभिनेता गोविन्दामा कोरोना संक्रमण पुष्टि



गोविन्दा बलिउडका सर्वाधिक चर्चित अभिनेता हुन् । उनै अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वयम गोविन्दाले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् ।

कोरोना पुष्टि भएपछि यतिबेला गोविन्दा होम क्वारेन्टाइनमा बसेका छन् । उनले आफू संक्रमित भएकाले कोरोनाबाट बच्न सबैलाई आग्रह गरेका छन् । उनले आफूलाई कोरोना देखिएको भएपनि घरमा काम गर्ने स्टाफ र परिवारका सदस्यमा भने कोरोना नदेखिएको जानकारी पनि दिएका छन् ।

गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएपछि उनका फ्यानले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्