बलिउड अभिनेता गोविन्दामा देखिन थाल्यो मानसिक समस्या, गर्छन् अजीव हर्कत !



२१ साउन २०७६, काठमाडौँ

गोविन्दा बलिउडका लोकप्रिय कलाकार हुन् । उनले धेरै सफल चलचित्रमा काम गरिसकेका छन् । गोविन्दालाई भर्सटाइल अभिनेताको ट्याग दिइएको छ । उनले चलचित्रमा जस्तोसुकै भूमिका पनि निर्वाह गर्न सक्छन् ।

तिनै अभिनेतालाई मानसिक समस्या देखिन थालेको भारतीय मिडियाले जनाएको छ । गोविन्दाका नजिकका साथीले आजभोली गोविन्दा अचम्म खालका हर्कतहरु गर्न थालेको बताएका छन् । केही दिनअघि पनि उनले एक अन्तर्वार्ताको क्रममा आफूलाई हलिउड फिल्म अवतारमा खेल्ने प्रस्ताव आएको तर, अस्वीकार गरेको बताएका थिए । साथै उनले सञ्जय भंसालीको फिल्म देवदासमा उनलाई चुन्नीको भूमिकाको लागि प्रस्ताव आएको बताएका थिए ।

गोविन्दाका साथीका अनुसार धेरै वितरक र प्रदर्शकले उनको पछिल्लो फिल्म रंगीला राजालाई दिन अस्वीकार गरेका थिए । गोविन्दाले उनीहरुसँग लडाइँ तथा गाली गरेका थिए । उनले आफ्ना सबै साथीसँगको सम्बन्ध अन्त्य गरेका छन् । अहिले फिल्म उद्योगमा गोविन्दाको कुनै साथी सहयोगको लागि नरहेको उनका निकट मित्रले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्