थप ४७ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६२ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ । अब नेपालमा मात्र ८ सय १७ संक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोनाका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हिजोसम्मको तथ्यांक हेर्दा नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्