
पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख ७४ हजार ३ सय ८१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६२ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ६०५ पुगेको छ ।
त्यस्तै मन्त्रालयले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पुन अद्यावधिक गरेको छ । जसअनुसार थप २३३ जनाले कोरोना कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या तीन हजार १० पुगेको छ ।





