थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६४ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको छ । अब नेपालमा मात्र ९ सय ६८ सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्