थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्