विद्यार्थीहरुको लागि स्वागत तथा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै ‘मनास्लु वर्ल्ड कलेज’



चाबहिल चुच्चेपाटीस्थित रहेको ‘मनास्लु वर्ल्ड कलेज’ ले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको लागि स्वागत तथा वृहत सांस्कृतिक कार्यक्रम यहि फागुन १५ गते शनिबार आयोजना गर्ने बताएको छ ।

कार्यक्रम चुच्चेपाटीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान बजेदेखि ५ बजेसम्म हुने मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ आउने भएका छन् । कलेज अध्यक्ष लामाले बताए अनुसार कार्यक्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत गर्नुका साथै राष्ट्रिय ख्याति प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान पनि गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्