थप ११० जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु



पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।

अब नेपालमा मात्र १ हजार ५ सय ३३ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्