थप ८८ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३ सय ५१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय ३६ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ पुगेको छ । अब नेपालमा मात्र १ हजार ५ सय ३५ सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोनाका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हिजोसम्मको तथ्यांक हेर्दा नेपालमा कोरोनाका कारण २ हजार ६१ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्