थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय १४ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ । अब नेपालमा मात्र १ हजार ५ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्