भारतले सित्तैमा दिन खोज्दा कुनैपनि देशले कोरोना भ्याक्सिन लिन मानेनन्, यस्तो छ कारण…



भारतले सित्तैमा दिन खोज्दा पनि कुनैपनि देशले कोरोना भ्याक्सिन लिन मानिरहेका छैनन् । भारत बायोटेकले बनाएको कोभ्याक्सिन अन्य देशले लिन नमानेका हुन् । भारतले अहिलेसम्म ८ देशलाई कोरोनाको भ्याक्सिनको ८ लाख १० हजार डोज दिन खोजेको थियो । तर अहिलेसम्म मात्र म्यानरमारले २ लाख डोज लिएको छ । अन्य मुलुकले खोप लिइरहेका छैनन् ।

प्राप्त जानकारी अनुसार भारतले अनुदानमा म्यानमार, मंगोलिया, ओमान, बहराइन, फिलिपिन्स, माल्दिभ्स र मौरिससलाई भ्याक्सिन दिने बताएको थियो । तर म्यानमारबाहेक अरुले खोप लिएनन् ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवका अनुसार भारतले अहिलेसम्म ६४.७ लाख डोज भ्याक्सिन अन्य देशहरुलाई अनुदानमा दिएको छ । १६५ लाख डोज भने बेचेको छ । अनुदानमा दिइएको ६४.७ लाख डोजमध्ये २ लाख डोज मात्रै कोभ्याक्सिन हो जुन म्यानमारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्