आज कक्षा १२ को नतिजा प्रकाशित हुँदै



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा सोमबार प्रकाशित गर्ने भएको छ । आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार बिहान १० बजेपछि बोर्डको बैठक डाकिएको छ ।

वैशाख जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

स्नातक तहको शैक्षिक सत्र प्रभावित हुन नदिन संक्षिप्त परीक्षा लिएर १ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य थियो । बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्