अत्याधिक नुन नखानुहोस्, यसकारण स्वास्थ्यको लागि हुनसक्छ हानिकारक…



प्राय हामी तरकारीलाई स्वादिलो बनाउनको लागि नुनको प्रयोग गर्ने गर्छौ । नुन बिनाको तरकारी हामी कल्पना पनि गर्न सक्दैनौ होला । कसैले तरकारीमा नुन बढी खान्छन् त कसैले कम । समग्रमा हेर्ने हो भने धेरै मानिसलाई तरकारीमा नुन चट्ट या भनुम अलि बढी नै भएको मनपर्छ । तर स्वास्थ्यको हिसाबले धेरै नुन खानु उचित होइन ।

अत्याधिक नुनको सेवन शरीरको लागि हानिकारक हुन्छ । विशेषज्ञका अनुसार स्वस्थ रहनको लागि दिनमा २३०० मिलिग्रामभन्दा बढी नुनको प्रयो गर्नुहुदैँन । नुनको प्रयो धेरै गर्दा यसले उच्च रक्तचापको समस्या हुन्छ । त्यसका साथै यसले मुटुसम्बन्धी विभिन्न रोगहरु पनि निम्त्याउँछ ।

स्वाद बढाउनका लागि तरकारी तथा विभिन्न परिकारमा नुनको प्रयोग गर्ने गरिन्छ । कसैले नुन धेरै कडा खाने गर्छन् भने कसैले थोरै । तर नुनको सेवन कति मात्रामा गर्नुपर्छ भन्ने कुरा थाहा पाउन आवश्यक छ ।

यसले डिहाइड्रेशनको समस्या पनि निम्त्याउँछ । सोडियमको अत्यधिक सेवनले रगको प्रवाह बढाउँछ र हर्ट अट्याकको खतरा पनि निम्त्याउँछ ।

धेरै नुनको सेवनले गुद्वारमा पथ्थरीको समस्या ल्याउँछ भने मोटोपन पनि बढाउँछ ।

त्यसैकारण हामीले सिमित मात्रामा नुनको प्रयोग गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्