पछिल्लो २४ घण्टामा थप २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ३८२ नमुना परीक्षण गर्द ११४ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६५ हजार ६९ जना संक्रमणमुक्त भएका छन् भने २०२० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्