कोरोनापछि निजी छोडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी



कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका बर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् ।

संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको र अतिरिक्त प्रयोगमार्फत पठनपाठनको शुल्क तिर्नुपर्ने सम्भावना देखेपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना भएका हुन् । शैक्षिक सत्र सधैँ बैशाखबाट सुरु हुन्थ्यो तर यसपटक कोरोनाका कारण दशैँपछि मात्र विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउन थाले । बन्दाबन्दीपछि केही विद्यालयले वैकल्पिक विधिबाट समेत पढाउन थाले ।

प्रतिक्रिया दिनुहोस्