थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु



पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्