गगन सरगमको ‘तिमीले माया मारेपछि’ रिलिज…(भिडियो सहित)



“तिम्रो मनको माझमा फुल्न मन लाग्छ” सायद नेपाली गीतसंगीत क्षेत्रमा यो गीत नसुन्ने कमै व्यक्तिहरु छन् होला । केही बर्ष अगाडि बजारमा सर्वत्र एकछत्र हिट गीत हो “तिम्रो मनको माझमा फुल्न मन लाग्छ” । सोही गीतका गायक हुन्, गगन सरगम ।

गगन सरगम सांगितीक क्षेत्रमा लामो समयदेखि संघर्षरत छन् । सांगितीक जगतमा आफ्नो बलियो स्थान बनाउनको लागि उनले दिनरात मेहेनत गरिरहेका छन् । उनै गगन सरगमको नयाँ गीत बजारमा हालै रिलिज भएको छ ।

घनश्याम गौतमको शब्द र निम संगीतको संगीत रहेको ‘तिमीले माया मारेपछि’ बोलको गीतमा गगन सरगमको आवाज रहेको छ । अहिले गीतको अडियो मात्र सार्वजनिक भएको छ । केहीसमय पछि भिडियो पनि सार्वजनिक हुने गगन सरगमले जानकारी दिएका छन् । निकै राम्रो गीतलाई दर्शकले सकरात्मक प्रतिक्रिया दिइरहेका छन् ।

यस्तो छ पुरा गीत-

तिमिले माया मारे पछि
त्यो मन अन्तै सारेपछी ,
बाच्नु किन हो…
गह भरी आँसु बोकेर
हास्नु किन हो
ह …ह…ह…

मैले के बिराएको थिए ,
माया त हजुर दिएकै थिए
किन पासो थापेउ मलाइ
यो जिन्दगी सुम्पेकै थिए !

तिमिले माया मारेपछि…

म त तिमि मै रमाउदै थिए
तिमिलाइ मनमा सजाउदै थिए
किन पागल बनायौ मलाइ
यो सन्सार तिमिलाई दिएकै थिए

बचनले छुरा हाने पछि
यो मुटु चिरा परेपछी
बाच्नु किन हो…
गह भरी आँसु बोकेर
हास्नु किन हो !!
ह…ह…ह…

प्रतिक्रिया दिनुहोस्